

-
काठमाडौँ ।
कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार हुन्, देवीप्रसाद सुवेदी । कार्यालयका अनुसार उनलाई निश्चित जिम्मेवारी छ । तर, उनी जिम्मेवारीको काम भन्दा पनि अतिरिक्त काममा धेरै ध्यान दिने गरेको चर्चा छ ।
अझ उनी मातहतका कर्मचारीविरुद्ध नियामक निकायमा मुद्दा हाल्ने काममा पनि व्यस्त हुन्छन् । आफ्नै मातहतका कर्मचारीविरुद्ध जथाभावी समाचार लेखाउने काममा पनि उनैको संलग्नता भएको एक उपसचिवले बताए । अहिले कार्यालयमा नयाँ प्रणाली जडान गरिएको छ । जसले दैनिक दश वटा भन्दा धेरै काम गर्न नमिल्ने बनाइएको छ । यो प्रणाली जडानमै ठूलो चलखेल भएको थियो । यही प्रणालीको हर्ताकर्ता उनै सुवेदी छन् । यसका लागि दैनिक अतिरिक्त रकमको जोहो पनि उनै सुवेदीले गर्छन् ।
कमिस् नामको सफ्टवेयर ल्याएर पुरानो चलिरहेको सफ्टवेयरमा निकाल्नु नै घोटालाको प्रमुख प्रमाण भएको त्यही काम गर्नेहरू बताउँछन् ।सफ्टवेयर आफैँले बन्द गर्ने र खुलाउने कार्यमा सुवेदी सधैँ लागिरहेका हुन्छन् । सफ्टवेयरमा चलखेल गरेरै उनले अवैध आर्जन गर्न थालेपछी केही सेवाग्राहीले कार्यालय प्रमुखसँग गुनासो गरेका पनि थिए । तर, अवैध आर्जनको हिस्सा कार्यालय प्रमुखलाई पनि भाग लगाएपछि त्यो उजुरी यस्सै सामसुम भएको एक सेवाग्राहीले जानकारी बताए ।
अझ दिनभर मातहतका कर्मचारीले गरेको काम पनि उनैले अनुगमन गर्छन् । प्रणालीमार्फत सबै काम हेरेपछि अन्य कर्मचारीले कामको आधारमा निश्चित रकम उनलाई बुझाउनु पर्छ । नत्र ती कर्मचारीले बिभिन्न नियामक निकायमा उजुरीको सामना गर्नुपर्ने हुन्छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ७, २०८२
सुवेदी भने यो कुरा आरोप मात्र भएको बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


