

-
काठमाडौँ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कार्यरत महिला विकास निरीक्षक अञ्जु दाहाल ओझा २०७९ फागुनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काजमा कार्यरत रहेको खुलासा भएको छ । नगरपालिकामा महिलाको विकास र उत्थानमा काम गर्नुपर्ने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काजमा राखेर जनताको काममा वाधा पुगेको जनप्रतिनिधिको भनाई छ ।
नगर प्रमुख बालकृष्ण बस्नेतको हस्ताक्षर रहेको पत्रअनुसार, निज ओझालाई २०७९ साल फागुन ४ गतेको निर्णयअनुसार आयोगमा काजमा काम गर्न अनुमति दिइएको थियो । तर, उनी अहिलेसम्म कार्यक्षेत्र नफर्किएपछि धेरै पटक पत्र लेखेर बोलाइएको थियो । कार्यकारी अधिकृतले पत्र लेखेर दरबन्दीमा फर्कन आग्रह गरेपनि उनले टेरेकी थिइनन् ।
स्थानीय तह सेवा ऐन, २०७९ को दफा १८ अनुसार, कर्मचारीलाई निज कार्यरत कार्यालयबाट अन्य मन्त्रालय, आयोग वा कार्यालयमा अधिकतम १ वर्ष ३ महिनाका लागि मात्र खटाउन सकिने व्यवस्था रहेको छ । सो अवधि समाप्त भएपछि बाह्रबिसे नगरपालिकाले उनलाई कार्य फिर्ता गरेको प्रमुख बस्नेतले जानकारी दिए । प्रमुख बस्नेतको हस्ताक्षरमा लेखिएको पत्रमा भनिएको छ, ‘अबको ७ दिनभित्र ओझा बाह्रबिसे नगरपालिकामा काजफिर्ता हुनहुन अनुरोध गरिएको छ ।’ अन्यथा नगरपालिकाबाट तलब तथा भत्ता भुक्तानी नहुने पत्रमा उल्लेख गरिएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३, २०८२
उक्त पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा पनि बोधार्थ पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


