• सिन्धुपाल्चोक । आफ्नो जन्म दिनमा अनावश्यक खर्च नगरेर नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले जेष्ठ नागरिकलाई खानको व्यवस्था मिलाएका छन । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको असहाय जेष्ठ नागरिक बस्ने आश्रम पुगेर लामाले खानाको ब्यवस्थापन गरेको बताए ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष समेत रहेका लामा सामाजिक सेवामा पनि सकृय छन । लामाले आफ्नो जन्मदिनको अवसर पारेर चाैतारा बृद्धाश्रममा पुगि जीवनको उत्तरार्धमा रहेका बाआमालाई भेट्ने, खानपानकाे व्यवस्थापन गर्ने र बाआमासँगै खाना खाएर सुखदुःख साटासाट गरेको बताए । फजुल खर्च भन्दा यस्ता कामले थप आनन्द आउने हुँदा जन्मदिन फरक तरिकाले मनाएको लामाको भनाइ छ ।


    बाध्यताले घरपरिवारबाट बाहिरिएर यसरी बृद्धाश्रममा बस्ने बाआमालाई खाना खुवाएर हाैसला प्रदान गर्नुहुने मनकारी लामालाई असहाय जेस्ठ नागरिकले आशिर्वाद दिएका थिए ।
    जिल्लामा हरेक सामाजिक कामको अगुवा लामालाई जेष्ठ नागरिकले दीर्घजीवनको शुभकामना पनि दिए ।