• काठमाडौँ ।

     सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकाको देखिएको छ ।  सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीय तहहरूमा पनि बेरुजु देखिएको भएपनि इन्द्रावतीले उदाहरणीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ । 

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३ लाख ५२ हजार रुपैयाँ रहेको उल्लेख छ ।  यसलाई  लेखापरीक्षण रकमको १.१५ प्रतिशत मानिन्छ ।  

    यसै प्रतिवेदनअनुसार सिन्धुपाल्चोककै लिसंखुपाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको छ । लिसंखुपाखरको बेरुजु १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत बराबर हो ।

    इन्द्रावती गाउँपालिकाले समयमै लेखापरीक्षण, खर्च विवरण सार्वजनिक गर्ने, तथा अनुगमन र समीक्षा प्रभावकारी बनाएको जनाइएको छ ।