• काठमाडौं ।

    जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।राजीनामा दिएको व्यहोरा उल्लेख छ । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् उनको राजीनामा पत्रमा सो बिषय उल्लेख छ ।

    ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

    राजीनामापछि उनी सम्पर्कविहिन भएकी छिन् । मोवाईको स्वीच अफ गरिएको छ ।

    जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए ।