

-
सिन्धुपाल्चोक ।
सिन्धुको पानी सिन्धुकै लगानी को नारा लिएर सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको मुख्य सुरुङ्ग ब्लाष्ट गराएर काम सुरु भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर ब्लास्ट गराएका हुन् ।
ब्रह्मायणी हाइड्रोपावर कम्पनीले सुरुङको मुखमा विस्फोट गराएर कामको थालनी भएको जानकारी दियो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ छिन्दाङबाट ५.५ किमि सुरुङमार्फत ब्रह्मायणीको पानी तेम्बाथान नजिकै पावर हाउस निर्माण गरेर बिद्युत उत्पादन गरिने छ । विद्युत् उत्पादन गर्ने आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भइसकेको छ । सानीमा बैंकको नेतृत्वमा वित्त व्यवस्थापनको काम भएको छ । आयोजनाको लागत ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइएको छ । विशेष परिस्थिति उत्पन्न नभएमा आयोजनलाई तोकिएको समयमै पूरा गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष भरत पराजुलीले बताए । आयोजनाले चार किमि नयाँ ट्रयाकसहित २७ किमि प्रवेशमार्ग निर्माणको निर्माण तथा मर्मत गरेको छ ।
बर्खायाममा पनि काम बन्द नहुनेगरी व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ । त्यसका लागि अतिआवश्यक मेसिन तथा निर्माण सामग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले आयोजनास्थल पुग्न एउटा बेलिब्रिज बनाएको छ भने थप तीन वटा बेलिब्रिज बनाउने प्रस्ताव गरेको छ ।
कामको थालनीसँगै हिन्दू र बौद्ध परम्परा अनुसार पूजाआजा गरिएको थियो । आयोजना स्थल आसपासमा बौद्धमार्गीको बसोवास भएका कारण पनि बुद्ध पूर्णिमाको अवसर पारेर पूजाआजासहित कामको थालनी गरिएको हो ।आसपासका बासिन्दालाई आर्थिक उपार्जनको बाटो तय गर्न स्थानीय लगानीको वातावरण पनि तयार गरिएको अध्यक्ष पराजुलीको भनाई छ ।
News Desk 0 response सोमवार, बैशाख २९, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका..
शनिबार, फाल्गुन २३, २०८२ -
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२



