

-
सिन्धुपाल्चोक ।
सिन्धुको पानी सिन्धुकै लगानी को नारा लिएर सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको मुख्य सुरुङ्ग ब्लाष्ट गराएर काम सुरु भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर ब्लास्ट गराएका हुन् ।
ब्रह्मायणी हाइड्रोपावर कम्पनीले सुरुङको मुखमा विस्फोट गराएर कामको थालनी भएको जानकारी दियो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ छिन्दाङबाट ५.५ किमि सुरुङमार्फत ब्रह्मायणीको पानी तेम्बाथान नजिकै पावर हाउस निर्माण गरेर बिद्युत उत्पादन गरिने छ । विद्युत् उत्पादन गर्ने आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भइसकेको छ । सानीमा बैंकको नेतृत्वमा वित्त व्यवस्थापनको काम भएको छ । आयोजनाको लागत ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइएको छ । विशेष परिस्थिति उत्पन्न नभएमा आयोजनलाई तोकिएको समयमै पूरा गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष भरत पराजुलीले बताए । आयोजनाले चार किमि नयाँ ट्रयाकसहित २७ किमि प्रवेशमार्ग निर्माणको निर्माण तथा मर्मत गरेको छ ।
बर्खायाममा पनि काम बन्द नहुनेगरी व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ । त्यसका लागि अतिआवश्यक मेसिन तथा निर्माण सामग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले आयोजनास्थल पुग्न एउटा बेलिब्रिज बनाएको छ भने थप तीन वटा बेलिब्रिज बनाउने प्रस्ताव गरेको छ ।
कामको थालनीसँगै हिन्दू र बौद्ध परम्परा अनुसार पूजाआजा गरिएको थियो । आयोजना स्थल आसपासमा बौद्धमार्गीको बसोवास भएका कारण पनि बुद्ध पूर्णिमाको अवसर पारेर पूजाआजासहित कामको थालनी गरिएको हो ।आसपासका बासिन्दालाई आर्थिक उपार्जनको बाटो तय गर्न स्थानीय लगानीको वातावरण पनि तयार गरिएको अध्यक्ष पराजुलीको भनाई छ ।
News Desk 0 response सोमवार, बैशाख २९, २०८२


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२