

-
उमेर ५४ बर्ष, जागीरे जीवन २३ बर्ष अनि बीस भन्दा धेरै कार्यालयमा सरुवा । र, अन्त्यमा अस्वभाविक मृत्यु । उनै एक अधिकृत जसले यसरी मृत्युवरण गरेका हुन् ।
२०८१ चैत्रको अन्त्यतिर मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल शंखमुलर्को एक घरमा मृत भेटिएको समाचार भने बाहिर आएको थियो ।
उनी शंखमुलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले बताएको थियो । यो बाहेक मृतकका बारे कुनै जानकारी आएन । र, कसैले खोजी पनि गरेन।
थप खोजी गर्दै जाँदा ढकाल भूमिसुधार मन्त्रालय अन्तर्गत रहेका एक जना अधिकृत थिए । सुरुमा उनले आत्महत्या गरेको पनि शंका गरियो । तर, पोष्टमार्टम रिपोर्टले भने मुटुमा समस्यमा भएर मृत्यु भएको बताएको पारिवारिक स्रोतले जानकारी दियो । मानसिक रुपमा दवाव झेलेका ढकालको मृत्युमा परिवारले पनि शंका गर्ने ठाउँ देखेको छ ।
उनको पीआइएस हेर्दा २३ बर्षे जागिरे जीवनमा बीस भन्दा धेरै कार्यालयमा हाजिर गरेका ती कर्मचारी पटक पटकको सरुवा र मिथ्या आरोपका कारण बिछिप्त बनेका थिए । उनको स्वास्थ्य स्थितिका बारे माथिल्लो निकायले पनि जानकारी राखेको पाईएन । पछिल्लो समय आफ्नै बिभाग र त्यहाँका हाकिमहरुले तनाव दिएको आफन्तहरुसँग बताउने गरेका थिए ।
यसरी असामान्य मृत्युवरण गर्न बाध्य भएका कर्मचारी ढकाल ०५९ चैत्रमा सरकारी सेवामा प्रवेश गरेका थिए । १८२१९० कर्मचारी संकेत नम्वर भएको ढकाल ईमान्दार मध्येकै कर्मचारी भएका उनका समकक्षी बताउँछन् ।
ललितपुर मालपोत कार्यालयमा कार्यरत थिए शाखा अधिकृत ढकाल । विभागीय आरोप र अनावश्यक सरुवाका कारण मानसिक तनावमा परेका ढकालले आत्महत्या गरेको सुरुमा चर्चा गरिएको थियो । ढकाल ललितपुर मालपोतमा काम गर्थे । तर, उनलाई रातको समयमा अनधिकृत काम गरेको भन्दै मानसिक तनाव दिइएको बताउने गरेका थिए ।
यही आरोपमा त्यहाँ बाट अपमानजनक ढंगले सरुवा गरिएको थियो । सरुवा स्वभाविक भएपनि मिथ्या आरोप लागेकामा ढकाल बैचनीमा थिए । बैचनी कै बेला उनलाई ललितपुरबाट कलंकी सरुवा गरियो । कलंकी पुगेकै बेला उनलाई लागेको आरोप मिथ्या भयो । बिभागले गरेको अनुसन्धानमा उनी निर्दोष देखिएका थिए । अथवा सफाई पाए ।
कलंकीको कार्यालयमा नियमित रुपमा काम गरिरहेका थिए । दुई महिनापछि पुनः पर्सा जिल्लाको मालपोत कार्यालयमा सरुवा गरियो । ललितपुरमा बस्दा उनले अनैतिक काम नगरेको बिभागका अनुसन्धानमा देखिए पनि उनी त्यही बेलादेखि असहज बनिसकेको उनलाई जान्नेहरु बताउँछन् । बदमाशीको पुष्टि नै नभएको र पटक पटक सरुवामा परेका ढकाल निक्कै तनावमा भएको पारिवारिक स्रोतले जनायो ।
सरुवा भएपछि उनी पर्सा गए । पर्सा पुगेपछि मानसिक तनाव झनै बढेको उनलाई जान्नेहरु बताउँछन् ।
परिवारसहित बस्न नपाउने स्थिति, लगातारको सरुवा, र विभागीय आरोपले उनको मानसिक अवस्था कमजोर बनाउँदै लग्यो । यिनै कारणले गर्दा उनको अस्वभाविक मृत्यु भएको सहजै अनुमान गर्न सकिन्छ ।
मानसिक तनावमा परेका व्यक्तिलाई लगातार सरुवा नगरेको भए उनी बाँच्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन् । परिवारको साथ चाहिने बेला उल्टो पटक पटक सरुवा गरेर घर टाढा जान दवाव दिनेहरु यसको दोषी हुने ती उपसचिवको भनाई छ ।
ढकालकी श्रीमती र एक सानो छोरा छन् । हाल उनको परिवार निकै कठिन अवस्थामा छ । सम्बन्धित निकायबाट सहानुभूति र न्यायको अपेक्षा गरिएको छ । यसवारे कसैको ध्यान गएको पाईँदैन ।
२०८१ चैत्र २७ को वेलुकी उनी मृत फेला परेका थिए । साँझ श्रीमती कोठा फर्कदा ढकालको शरिरमा सास थिएन । मृत्यु अघि जटिल रोग केही पनि थिएन ।
सामान्य बिसन्चो हुनेबाहेक अरु समस्या पनि थिएन । तर, अकालमा मृत्यु भयो त्यो पनि अस्वभाविक रुपमा । यसले चाहि शंका थपेको छ । सुरुमा त ढकालको आत्महत्या पनि भनियो । पोष्टमार्टमले मुटुमा रक्तप्रवाहमा समस्या भएर मृत्यु भएको कारण देखायो । यसलाई स्वभाविक मृत्यु मानिदैन । समस्यामा परेका उनका बारे माथिल्लो निकायले कुनै जानकारी राखेको छैन।कर्मचारीको व्यक्तिगत सूचना प्रणालीको अभिलेख अनुसार ताप्लेजुङ्ग, पाँचथरहुँदै धेरै जिल्लाका सरकारी कार्यालयमा पुगेको देखिन्छ ।
News Desk 0 response आइतवार, बैशाख २८, २०८२

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



