

फरक ढंगले लुम्बिनी दिवस तथा बुद्धजयन्तीका कार्यक्रम सुरु
उपाध्यक्ष हुनु अगावै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको कार्यक्रममा भारतीय मन्त्रीहरुकै सामुन्ने नेपालमा जन्मेका गौतम बुद्धले बिश्वभर ज्ञान छरेको मन्तब्य दिएपछि लामाको निक्कै प्रशंशा भएको थियो ।
-
२५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस भब्यरुपमा सुरु भएको छ । समारोहका लागि प्रधानमन्त्री केपि ओलीलाई आमन्त्रण गरिएको छ ।
लुम्बिनी विकास कोषले सोमबार आयोजना गरेको बुद्धजयन्ती तथा लुम्बिनी दिवस मूल समरोहमा प्रधानमन्त्री ओली आउने भएका हुन्। प्रधानमन्त्रीसँगै संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभाका मन्त्री, सांसद सहित विभिन्न देशका राजदुतहरुको उपस्थिती रहने छ।
लुम्बिनी बौद्धदर्शनको उत्पति भएको थलो समेत भएकाले बुद्धजयन्तीलाई विशेष रूपमा मनाउने गरी त्रिदिवसीय कार्यक्रम सुरु गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले जानकारी दिए।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन परेकाले यो दिन विशेष महत्वको भएको लामाले बताए। गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ईपू ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो।
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक पयटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी गरिएका भएको छ।
तीन दिने कार्यक्रम अन्तर्गत आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गरिएको छ । सोमबार विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।
आइतबार भारतीय दुतावासको आयोजनामा दीप प्रज्वलन र साँस्कृतिक पनि भएको छ ।
यसका साथै वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने लामाले बताए ।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाहाकारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न समेत लुम्बिनी विकास कोषले अपिल गरेको छ।
बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम छ ।
लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्राको कार्यक्रम पनि छ ।
यस अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेर शान्तिको पक्षमा वकालत गरेका थिए । लुम्बिनीमा उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए ।
उपाध्यक्ष लामाले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए । लामा उपाध्यक्ष बनने बित्तिक्कै महासचिवको लुम्विनीमा भ्रमण हुनु ठूलो उपलब्धि भएको चर्चा भएको थियो । यो भ्रमणले बिश्व शान्तिको सन्देश संसारभर गएको बिश्लेषण भएको थियो ।
News Desk 0 response आइतवार, बैशाख २८, २०८२
बुद्धका ज्ञाता लामाको नेतृत्वले लुम्बिनी विकासका लागि नयाँ आयाम खोलेको लुम्बिनीबासीहरु बताउँछन् । उपाध्यक्ष हुनु अगावै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको कार्यक्रममा भारतीय मन्त्रीहरुकै सामुन्ने नेपालमा जन्मेका गौतम बुद्धले बिश्वभर ज्ञान छरेको मन्तब्य दिएपछि लामाको निक्कै प्रशंशा भएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


