

-
काठमाडौं : चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार नौ महिना अर्थात् साउनदेखि चैतसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १० दशमलव शून्य प्रतिशतले बढी हो ।
यस्तै नौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५८ हजार दुई सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६ सय ५२ छ । अघिल्लो वर्षको यही अवधिमा तीन लाख २७ हजार आठ सय ४२ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ११ हजार दुई सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
यस्तै विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति १८ दशमलव नौ प्रतिशतले बढेर चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
यस्तै नौ महिनासम्म चालू खाता दुई खर्ब १० अर्ब रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै नौ महिनामा कुल वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव चार प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
यस्तै चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको थियो ।
News Desk 0 response आइतवार, बैशाख २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३



