

सैनिक कल्याणकारी कोषको दुई करोड दोहोरो नाम खडा गरी झ्वाम
जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीमाथि अनुसन्धान
-
काठमाडौं ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला गरेको आरोपमा दुई जना पूर्व सैनिकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरिएको छ ।
सैनिक प्रहरीले नेपाली सेनाका पूर्व जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीमाथि अनुसन्धान गर्न भनेर सेनाले नै पत्राचार गरेको थियो ।
आत्मराम थापालाई पक्राउ गरी अनुसन्धान गरे पनि लक्ष्मण अधिकारी फरार छन्।
उनीहरू दुबै जनाविरूद्ध सरकारी वकिल कार्यालय काठमाडौंले आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ।
थापाले प्रहरी र सरकारी वकिल कार्यालयमा बयान दिँदा आफूले अरूले भने बमोजिम काम गरेको बताएका छन् । उनी २०७३ सालदेखि २०७५ सालसम्म सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत थिए।
त्यस कार्यालयको आवास तथा बीमा शाखाका राजीनामा उपदान, मृतक सकल दर्जाका कर्मचारीहरूले प्राप्त गर्ने आवास तथा बिमा बापतको रकम भुक्तानी गर्ने शाखामा कार्यरत थिए।
उनी त्यहाँ कार्यरत रहँदा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी रोशन खड्का कार्यरत थिए।
लक्ष्मण अहिले अवकाश प्राप्त हुन्। बोधराज कार्की बहालवाला सेनानी हुन् भने रोशन खड्का सहायक रथी छन्।
उनीहरूमाथि सैनिक ऐन अधिकारभित्र परेको भन्दै सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन गरिरहेको छ।
‘लक्ष्मण अधिकारी समेतले भने बमोजिम तथा दिएको लिष्ट बमोजिमको चेकहरू तयार गर्न लगाउने गरेकाले सोही अनुसार चेकहरू भरिसकेपछि भुक्तानी लिएर आउनु भनेर पठाउने गरेकाले सो चेकहरू सटही गरी नगदै रकम लिई तत्कालीन सेनानी लक्ष्मण अधिकारी र तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी रोशन खड्का समेतलाई दिएको थापाले प्रहरीसँगको बयानमा बताएका छन् ।
उनले त्यसबेला काम गर्ने आफू सबभन्दा जुनियर रहेको र सेनामा चेन अफ कमाण्डअनुसार चल्ने संस्था भएकाले त्यसअनुसार नै काम गरेको बताएका छन्।
उनीहरूले मिलेमतो गरी वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिको नाममा नगरेको र विभिन्न काल्पनिक तथा दोहोरो नाम खडा गरी भुक्तानी लिएको खुलेको हो।
यसरी उनीहरूले मिलेमतो गरी २०७४ कात्तिक १३ गतेदेखि २०७५ भदौ २६ गतेसम्म १४४ वटा चेकबाट एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ भुक्तानी लिएको खुलेको हो।
त्यस्तै त्यसअघि २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्मको ४० वटा चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ अपचलन गरेको अनुसन्धानमा खुलेको हो।
यी चेकहरू आत्मराम थापा आफैले नै हस्ताक्षर गरेको उल्लेख गरेका छन्।
उनीहरूबाट सरकारी वकिलले दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरी पीडितलाई भर्पाइ गराउन माग दाबी गरेको छ।
News Desk 0 response शुक्रबार, बैशाख २६, २०८२


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२