

-
दार्चुला : महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न शुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।
सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ ।
व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले अहिलेसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०/०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ ।
चालू आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ । बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप पाँच करोड रुपैयाँ व्यवस्था गरेको उनले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, बैशाख २६, २०८२

सम्बन्धित शीर्षकहरु
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ स् प्रधानमन्त्री कार्की
बिहिबार, मंसिर १९, २०८२
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



