

-
काठमाडौं । केही दिनदेखि धितोपत्र बोर्डका बिचौलियाले उर्जा उत्पादकसँग कमिसन मागेको आरोप लागेको थियो । अहिले नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
आईपीओ स्वीकृतिको प्रक्रियामा कमिसन मागिएको उजुरीपछि बुधबार अख्तियारको टोलीले बोर्डमा छापा मारेको हो । आयोग स्रोतका अनुसार पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजात नियन्त्रणमा लिइएका छन् ।
निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूले आईपीओ स्वीकृति प्रक्रियामा बोर्डका अधिकारीहरूबाट सेयर निष्कासन रकमको पाँच प्रतिशत कमिसन मागिएको आरोप लगाएका छन् ।
अख्तियारले संकलन गरेका कागजातहरूमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।इप्पानका अनुसार हाल ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिको प्रक्रिया चलिरहेको छ । तीमध्ये ४२ कम्पनीका प्रवद्र्धकहरूलाई बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठका तर्फबाट पठाइएको भनिएका व्यक्तिहरूले भेटघाट, फोन, एसएमएस तथा इमेलमार्फत रकम मागेको पुष्टि भएको छ ।
‘आईपीओ चाँडै स्वीकृत गरिदिन ५ प्रतिशत कमिसन दिनुपर्ने भनिएको छ,’ एक जलविद्युत् प्रवद्र्धकले बताए, ‘ढिला गर्दा ब्याज बढ्ने भन्दै दबाब दिने गरिएको छ ।’
News Desk 0 response बुधबार, बैशाख २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


