

-
हेटौँडा : हेटौँडामा जमिन भासिएर शुक्रवार अपराह्न एक्कासी बेपत्ता भएको गाडी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।
ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार रोकिराखेको अवस्थामा अगाडीको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो ।
गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको गाडी मालिक समेत रहेका गाडीका चालक हरेराम राईले जानकारी दिएको प्रवक्ता अर्यालले बताए ।गाडी भासिएको नजिकै माछापालन गरिएको ५ वटा पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिएको हुनसक्ने अनुमान लगाइएको छ ।
जमिनमा भासिएको गाडी खोजीका लागि शनिवार दिनभर दुई वटा पानी तान्ने मोटरले पानीलाई निकाल्दा समेत गाडी फेला नपरेपछि आइतबार गाडी भासिएको छेउमा रहेको पोखरीबाट माछा र पानी निकाल्ने काम भइरहेको छ ।
उक्त पोखरीको माछा र पानी खाली गरेपछि गाडी भासिएको स्थानमा गाडीको खोजी गर्न सहज हुने विश्वास गरिएको छ ।
अध्ययन गर्न भूगर्भविद् आउने
यसैबिच उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय भएको छ । हेटौँडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठक डाकेर उक्त स्थानको अध्ययनका लागि भुगर्भविदलाई बोलाउने निर्णय भएको उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए ।
उपमेयर बानियाँले तत्कालका लागि गाडी भासिएको स्थानको भौगोलिक अवस्थाको बारेमा अध्ययन नगरी केहि भन्न र गर्न नसकिएको बताए । आइतबार दिउँसो गाडी भासिएको स्थानको अवलोकन गर्नुका लागि उपमेयर बानियाँसहित हेटौँडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालासमेत पुगेका थिए ।
उनीहरुले थप कुनै दुर्घटना नहोस् भनेर उपमहानरपालिका सचेत रहेको र नगर प्रहरीलाई तैनाथ राखिएको जानकारी दिए ।
News Desk 0 response आइतवार, बैशाख २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


