

सरुवा गरेका कर्मचारी पठाउन नसक्ने मन्त्रालय काठमाडौं महानगरमा युद्ध जिते झै गर्छ
ठिमीमा रहेका रामबहादुर केसीको ठाउँमा विश्वकर्मालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपनि केसीले ठाउँ छाडेनन् ।
-
काठमाडौं ।
काठमाडौं महानगरपालिकामा केही समय अघि कार्यकारी अकिृत सरोज गुँराईगाँईलाई ढोका फोडेर हाजिर गराईएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जर्वजस्ती कार्यलयमा पठाएका गुरागाईले अझै सहज महसुस गरेका छैनन् । त्यस्तै अवस्थामा केही कार्यकारी अधिकृतले सरुवा भएको पालिका नछोड्दा मन्त्रालय रमिते भएर बसेको छ ।
मन्त्रालयले सूचना प्रविधि विभागका उपसचिव चुरामणि पन्थीलाई काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । त्यहाँ प्रशासकीय अधिकृत अमृतकुमार धिताल छन् । तर, धितालले पालिका छोडेका छैनन् । अनि पन्थीले जिम्मेवारी सम्हाल्न पाएनन् ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा महेन्द्र विश्वकर्मालाई पठाईएको छ । ठिमीमा रहेका रामबहादुर केसीको ठाउँमा विश्वकर्मालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपनि केसीले ठाउँ छाडेनन् । धिताल र केसीलाई फिर्ता बोलाएर पन्थी र विश्वकर्मालाई हाजिर गराउन नसक्ने संघीय मन्त्रालय काठमाडौमा भने युद्ध जितेकोमा मख्ख छ ।
News Desk 0 response आइतवार, बैशाख २१, २०८२
काठमाडौंको चन्द्रागिरी र दक्षिणकाली नगरपालिकाका पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पनि हाजिर गर्न दिइएन।चन्द्रागिरीका हेमराज अर्यालले आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेपछि भुवनेश्वर लामिछानेलाई चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो। लामिछानेलाई मेयरले हाजिर गर्न नदिएपछि निर्णय फेरेर सुरेन्द्र थापा मगरलाई चन्द्रागिरी पठाइयो। दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली पनि सहसचिव भएपछि रामप्रसाद आचार्यलाई दक्षिणकाली पठाइयो । आचार्यलाई पनि दक्षिणकाली नगरपालिकाले हाजिर नगराएपछि हालै उपसचिवमा बढुवा भएका राममणि काफ्ले दक्षिणकालीको प्रमुख प्रशासकीय अधिकृत भएर गएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


