

-
काठमाडौं : भारतबाट आउने बिजुलीको समय थप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बिहीबार ९१ मे० देखि भारतबाट खरिदमार्फत आउने बिजुलीको समय ४ घण्टा थप भएको हो ।
इन्डियन एक्सचेन्ज मार्केटले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । तर, बिहीबारदेखि ४ घण्टा समय थप गरी बिहान २ बजेदेखि साँझ ५ बजेसम्म नेपाललाई बिजुली उपलब्ध गराउने भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नदी नालाहरूमा पानीको बहाव बढेसँगै तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा समेत बढेको र भारतले समेत खरिदको बिजुली उपलब्ध गराउने समय थप गरेका कारण हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र बिहान २ बजेदेखि साँझ ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत पाउने छन् ।
औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकोले माग अनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरूमा देखिएको समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १९, २०८२


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२