

-
काठमाडौं : सरकार र आन्दोलरत शिक्षक महासङ्घका पदाधिकारीबीच निर्णायक भनिएको वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।
यस्तै वार्तामा सत्तारूढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि सहभागी रहेका शिक्षा मन्त्रालयले जनाएको छ । यसैगरी वार्तामा संसद्को शिक्षा, स्वास्थ्य समितिका सभापति अमरबहादुर थापा र विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि सहभागी छन्।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार माग गरेपछि वार्तामा सतारूढ दलका सचेतकहरू प्रतिबद्धताका लागि उपस्थित भएका हुन् । वार्ताले मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सकिने मागहरूको विषयमा टुङ्गो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बेलुका मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। शिक्षकहरूले मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने माग सम्बोधन र ऐन आउने सुनिश्चिता हुने भएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने बताएका छन् ।
शिक्षकहरू विद्यालय लगायत सबै शैक्षिक गतिविधि ठप्प पारेर २९ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । यसअघि वैशाख ११ गते हुने तय भएको कक्षा १२ को परीक्षा २१ देखि हुने गरी सारेकोमा त्यो मितिमा पनि नहुने सम्भावना बढेपछि सरकार शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी गराउने बाटो खोजिरहेको छ ।
यसअघि बिहान बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने भन्दै भोलिदेखि सहज रूपमा पठनपाठन सुरू हुने विश्वास लिएको बताए ।
News Desk 0 response बुधबार, बैशाख १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


