

-
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलासा भएको छ । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।
देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेको खुलेको हो । सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् ।
‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए ।
माओवादी केन्द्रका एक सांसदले देउवाले फोन गरेको अध्यक्ष प्रचण्डले बैठकमा बताएको र वर्तमान सत्ता समीकरणबारे पनि सांसदहरुलाई ब्रिफिङ गरेको बताए ।
सो क्रममा प्रचण्डले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने विश्लेषणसहितको ब्रिफिङ गरेको उनको भनाइ थियो ।
ती सांसदका अनुसार नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने पनि प्रचण्डले बताएका थिए । उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् । ‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर हुनुहुन्छ । उहाँ आएपछि छलफल हुनेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



