

-
भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतङ्ककारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाभन्दा धेरै घाइते छन् ।
मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट झण्डै ९० किलोमिटर टाढा पर्छ । आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानको आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको खबरमा उल्लेख छ ।
यो आक्रमण विगत केही वर्षयताकै ठूलो आक्रमण भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि आफ्नो साउदी अरब भ्रमण छोट्याएर स्वदेश फर्कने तयारीमा छन् ।
प्रधानमन्त्री मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने सन्देश दिएका छन् । घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।
News Desk 0 response बुधबार, बैशाख १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


