

आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई धारेहात
उनै दाहालले ओलीकै चाहनामा टीको लाएर पद पाएको तीन महिना नपुग्दै ओली सरकारबिरुद्ध आन्दोलनको नारा धन्काईन् । सरकारको चर्को आलोचक वनेको माओवादी निकट र काँग्रेस निकट कर्मचारीसँगै कुम जोडेर ओली सरकार असफल पार्न हिड्नुलाई बिश्लेषकहरुले भन्न थालेका छन्, ‘ओलीलाई आफ्नैहरुले पनि धारेहात लाउन थाले है ।’
-
काठमाडौं ।
शिक्षकहरुले काठमाडौंको सडक अस्तव्यस्त वनाउँदै सरकारप्रति सर्वसाधारणको आक्रोश बढाएको बीस दिन पुगिसक्यो । अभिलेख हेर्दा नेकपा(एमाले) तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै संरक्षण गरेका शिक्षकहरुको संख्या सडकमा निस्कने मध्ये धेरै भेटिन्छ । पार्टीभित्रै अर्को पक्षलाई देखाईदिने नाममा ओली र उनका कम्पनीले दासहरुलाई नेतृत्वमा स्थापित गरेको थियो । उनैले अहिले ओली सरकार मुर्दावादको नारा सडकमा घन्काई रहेका छन् । ओली वालुवाटारमा बसेर भेट्न आउने नेताहरुसँग रिसाईरहेका छन् । ठीक यहि बेला
कर्मचारीहरुले पनि बिभिन्न माग राखेर सडकमा आउने धम्की दिईरहेका छन् । उनीहरुले केही चरणको आन्दोलन पनि सुरु गरिसकेका छन् । मुख्यसचिवलाई भेटेर आफ्नो मागका बारेमा सुनाईसकेका छन् । केही दिनमा उनीहरु पनि सडकमा आउने बताईरहेका छन् । केही दिनअघि मात्र एमाले निकटका कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी संगठनको महाधिबेशन भएको थियो । सो महाधिबेशनमा ओलीकै निर्देशनमा नयाँ नेतृत्व चयन भएको थियो । मतदाता समक्ष प्रभाव भएका एक कर्मचारीलाई हठात् ढंगले बरिष्ठ वनाएर जुनियर महिलालाई अध्यक्ष बनाईएको थियो । पटक पटक उपाध्यक्ष र महासचिव भएर तल्लोतहदेखि उठेका रेवन्त गौतमलाई बसाएर स्वास्थ्य क्षेत्रकी भवानी दाहालाई अध्यक्ष बनाईएको थियो । गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आएका थिए । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसमेतको निर्देशनमा आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको थियो ।निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उद्घाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ । उनै दाहालले ओलीकै चाहनामा टीको लाएर पद पाएको तीन महिना नपुग्दै ओली सरकारबिरुद्ध आन्दोलनको नारा धन्काईन् । सरकारको चर्को आलोचक वनेको माओवादी निकट र काँग्रेस निकट कर्मचारीसँगै कुम जोडेर ओली सरकार असफल पार्न हिड्नुलाई बिश्लेषकहरुले भन्न थालेका छन्, ‘ओलीलाई आफ्नैहरुले पनि धारेहात लाउन थाले है ।’
News Desk 0 response आइतवार, बैशाख ७, २०८२


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२