बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा भएको सीईओको कार्यकालसम्बन्धी व्यवस्थाका सन्दर्भको ब्याख्या गर्दै अदालतले उनको अन्तिम कार्यकाल उच्च अदालतले तोकेको थियो । तर, उनले अनेक वहानवाजी गरेर पुनः सिईओ हुन प्रयत्न गरिरहेका छन्, उनी अर्थात् प्रभु बैंकका सिईओ अशोक शेरचन ।
बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) २०७३ ले कुनै पनि वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था छ । तर, मर्जर तथा एक्विजिसनको बहानामा सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकमा गाभेर सीईओ शेरचन ऐन विपरित पुनः तेस्रो कार्यकालको लागि नियुक्त भएका थिए । उच्चको आदेश बिरुद्ध शेरचन सर्वोच्च गएका थिए । २०८१ कार्तिक २ गते पहिलो पेसी, ०८१ पुष १२ गते दोस्रो र ०८१चैत्र २२ मा तेस्रो पेशी भएको थियो । ०८१ चैत्र २९ चौथो पेशी भएको थियो । यो मुद्दामा चलखेल भएको आशंकामा धेरै समय बेञ्च नै बसेको थिएन । अहिले २०८२ जेठ ३० गते पेशी तोकिएको छ । यसले प्रभु बैकका कार्यकारी अधिकृत शेरचन लगायतकाको अवधि सकिन्छ । तर, सिईओ शेरचनले अदालतलाईसमेत प्रभावमा पर्न अनेक वहाना गरेको बताईन्छ । किशोरजँग कार्कीलाई प्रभु बैंकको सन्चालक नियुक्त गर्नुलाई पनि मानिसले शंकाको दृष्टिले हेर्न थालेका छन् । कार्की न्यायक्षेत्रका उच्च व्यक्तिको नातेदार रहेको चर्चा प्रभु बैंकमा छ । स्रोतका अनुसार शेरचनको कार्यकाल सम्बन्धि मुद्दा मिलादिने सर्तमा कार्कीलाई नियुक्त गरिएको हो । शेरचनले प्रभु क्यापिटलका कर्मचारीमार्फत् शेयरहोल्डरको हस्ताक्षरको स्याम्पल मगाएर नक्कली प्रोक्सी तयार गरि कार्कीलाई जिताएका हुन् । प्रभु बैंकले शेरचनलाई तेस्रो कार्यकालयका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नियुक्तिलाई नेपाल राष्ट्र बैंकले पनि सहमति प्रदान गरेको थियो । प्रभु बैंकले शेरचनलाई तेस्रो कार्यकालयका लागि नियुक्त गर्नैका लागि सेञ्चुरी कमर्सियल बैंक सँग बराबरी हैसितमा मर्जर गरेको थियो । नेपाल राष्ट्र बैंकले आफ्नै ऐनको बर्खिलाप हुने गरी मर्जरमा विशेष छुट दिने व्यवस्था अन्तर्गत मर्जर पछि दुई कार्यकाल मात्रै सिइओ हुने व्यवस्था लागु नहुने प्रावधान बनाएको छ । यहि प्रावधानलाई टेकेर नियुक्ति गरिए पनि राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन नै ऐनको बर्खिलापमा रहेको केही अधिवक्ताको जिकिर रहेको छ ।
सर्वोच्चको आदेशले दुबिधा
प्रभु बैंकमै दुई कार्यकाल सिईओ भएका शेरचनले सेन्चुरी बैंकलाई प्राप्ति गरेर मर्जरको बहना बनाए अर्को कार्यकाल पनि दोहो¥याएका थिए । शेरचन बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ वाफियाको बिरुद्धमा पदमा रहिआएका हुन् । उनलाई पदमा नराख्न उच्च अदालतले आदेश गरेको थियो । त्यसकोबिरुद्ध उनी सर्वोच्च पुगेका थिए । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठले कारण देखाउ आदेश जारी गरेका छन् ।
कार्यकाल लम्ब्याइ पाउ भन्दै शेरचनले दायर गरेको रिटमा अन्तरिम आदेशसमेत दिएर विवादास्पद बिषय समावेश गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले शेरचनलाई कारण देखाउसहित अन्तरिम आदेश पनि दिएर विवाद सिर्जना गरेको हो । उच्च अदालत पाटनको फैसलाअनुसार सीईओ शेरचनको २०८२ बैशाख ९ गतेबाट स्वतः समाप्त हुनेछ ।
पटक पटक बैंकिङ्क कसुर
शेरचनविरुद्द बैकिङ्क उजुरी परेको पाईएको छ । २०८१ साल फागुण २८ मा कुसुम लामाले शेरचनबिरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । बैंक कर्मचारीहरुले मिलेमतोमा कुसुम लामाको खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी भएको उल्लेख उजुरीमा छ । कर्मचारीहरु मिलेर बैंकको आन्तरिक प्रणाली दुरुपयोग गर्दै पीडितको व्यक्तिगत विवरण प्रयोग गरी करोडौंको हिनामिना गरेको उजुरीमा उल्लेख छ यसरी कुल ६६ लाख ६ हजार रुपैयाँ बराबरको ठगी भएको हो । शेरचनविरुद्ध प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही प्रभु बैंक लिमिटेडमा संस्थापक तथा सर्वसाधारणको शेयर तथा निक्षेपमा हानी नोक्सानी पुर्याएको पनि उल्लेख गरिएको छ ।
शेरचनले बैंकको सम्पतिलाई आफ्नो व्यक्तिगत सम्पति सरहको रुपमा आफूखुशी गरेको पाईएको छ । जनकपुरमा रहेको रामजानकी हेल्थफाउनडेशन (जानकी मेडिकल कलेज) मा आफ्नै ससुरा सञ्चालक रहेको र उनीसँग अनाधिकृत फाईदा लिई सम्पतिको अधिक मूल्यांकन गरेर लगानी गरेका थिए । उक्त कर्जा हालसम्म पनि उठाउने प्रकृया सुरु गरेका छैनन् । ईन्टिच्यूट अफ एग्रिकञ्चर एण्ड फरेष्ट एण्ड भेटेनरी (जनकी मेडीकल कलेज ग्रुप) बर्दिवासको नाममा रु.१० करोड ८० लाख कर्जा लगानी गरेको देखाई उक्त कर्जा एमुज मेण्टमा लगानी गरी हिनामिना गरेको पनि उजुरीमा उल्लेख छ । एम्पायर प्रोपर्टी चितवनमा दर्ता भई सञ्चालित रियलस्टेट कम्पनीलाई जग्गा धितो आउनु पूर्व नै १५ करोड कर्जा लगानी गरी सो कर्जा पद्मा कोलोनीको पुरानो कर्जामा मिलान गरी वैकिङ सम्पत्ति दुरुपयोग गरेको पनि शेरचनलाई आरोप छ ।
आरध्य मल्टि प्रपोज कम्पनी लिमिटेडले धितोमा दिएको जग्गा मूल्याङ्कनको लागि आफूअनुकुलको मुल्याङ्कन शेरचनकै अगुवाईमा भएको थियो । उक्त कामका लागि काठमाडौबाट मुल्याङ्कनकर्ता पठाई सो जग्गाको अधिक मुल्यांङ्ककन गराई करिव १३ करोड लगानी गरेको पनि उजुरीमा लेखिएको छ । अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको शाखा कार्यालय कमलादीमा अर्बिट कन्सल्टेन्सीको व्यक्तिलाई राखि गोप्य राख्नुपर्ने वैकिङ कारोवारमा अनाधिकृत व्यक्तिको पहुँच दिई विधार्थीहरुले लिएको शैक्षिक कर्जा र स्वदेश तथा विदेशमा बुझाउनु पर्ने फी वापतको रकम अनलाईन भुक्तानी गर्दा बैकले पाउने कमिसनको रकमलाई अर्विटको नाममा बुक गरी बैंकको कमाईको रुपमा रहेको बैक कमिसन हिनामिना गरेर मिलाई हजम पार्ने कामको अगुवाई शेरचनले गरेका थिए ।
गुण ग्रुपको नाममा रहेको गुण सेनिमाको नाममा लगानी गरिएको ७६ करोड, ६६ लाख र सुगत ईन्भेष्टमेण्ट प्रालिलाई रु.१ अर्ब ५० करोड लगानी गरेको कर्जा अहिलेसम्म उठेको छैन । यो लागनीमा पनि शेरचनले अबैध साँठगाँठ गरेका थिए । प्रकृयागत रुपमा कमजोरी हुँदहुँदै पनि सो रकम लागनी भएको थियो ।
गुण सिनेमाको मालिक राजेन्द्र शाक्यसँग मिलेमतो गरी वैकबाट बिभिन्न शिर्षकमा कर्जा दिएको देखाई आफू समेतको संलग्नतामा वैकको सम्पत्ति हिनामिना शेरचनले गरेका छन् । यस प्रकारको उजुरी भएपनि शेरचन पहँुचको भरमा जोगिदै आएका छन् । शक्तिको पूजारी रहेका शेरचन बर्तमान प्रधानमन्त्री केपी ओलीलाईसमेत प्रभावमा पार्न अनेक कसरतमा छन् । केही दलालहरु प्रयोग गरेर शेरचन राष्ट्र बैंकको गर्भनर हुने दाउमा पनि थिए ।