

-
भोजपुर : रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण सुरु गरेको छ । मानवीय क्रियाकलापका कारण प्राकृतिक रूपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो ।
गाउँपालिकाले नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको संरक्षण गरेको छ । कार्यक्रमअन्तर्गत रु. २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षणसँगै आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । संरक्षण गरिएका मुहान खानेपानी सँगै सिँचाइका लागि प्रयोग भइरहेको उनको भनाइ छ ।
“हामीले यहाँका विभिन्न जलाधार क्षेत्रको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष थापामगरले भने, “प्राकृतिक प्रकोपसँगै मानवीय क्रियाकलापका कारण धेरै मुहान सुक्दै गएको अवस्था छ । मूलहरूको संरक्षणका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”
जलाधार क्षेत्रको संरक्षणसँगै सो कार्यक्रमअन्तर्गत २०० मिटर सिँचाइ कुलो निर्माण, विश्राम स्थल निर्माण, मुहानको घेराबारा, शौचालय निर्माणलगायत काम गरिएको उनको भनाइ छ । भइरहेका मुहानलाई भविष्यमा सुक्न नदिन रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष थापामगरको भनाइ छ ।
जलवायु परिवर्तनका कारण विश्वमा धेरै खालका असर देखिन थालेकाले जलाधार क्षेत्रको संरक्षण तथा विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । गाउँपालिकाले यहाँ रहेका मुहानको खोजी तथा पहिचान गरेर संरक्षणको काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेटलाई पर्यावरणको संरक्षण तथा विकासमा खर्च गरिएको उनको भनाइ छ ।
यहाँको पाँचधारे, तीनधारे मुहानको संरक्षण भइरहेको उक्त वटाका सदस्य टेकराज भट्टराईले बताए । यो क्षेत्रको एउटै सतहमा रहेका ठूलो मुहान र लम्साल मुहानको पनि वडाले यसअघि संरक्षण गरेको उनले जानकारी दिए ।
स्थानीय सरकारले जलाधार क्षेत्रको संरक्षणका लागि भुल्के क्षेत्रमा गरिरहेको काम राम्रो रहेको स्थानीयवासी प्रकाश बानियाँले बताए । मुहानहरूलाई सुक्न नदिनका लागि रिचार्ज पोखरी निर्माणका कारण सहयोग पुगेको उनको भनाइ छ । विगतमा मुहानको संरक्षण नहुँदा धेरै समस्या रहेको भए पनि अहिले संरक्षण गरिएपछि स्थानीयवासीलाई सहजता भएको उनको भनाइ छ ।
News Desk 0 response बिहिबार, चैत्र २७, २०८१

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


