

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले लिनुपर्ने बताएका छन् ।
ट्रम्पका आफ्नै नजिकका अधिकारीले भुलबस द एट्लान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गलाई शीर्ष अमेरिकी अधिकारीहरूसँग भइरहेको ग्रुप च्याटमा आमन्त्रित गरेपछि घटनामा ट्रम्पको समेत आलोचना भइरहेको छ । तर ट्रम्पले यसबारे आफूलाई केही जानकारी नभएको र सम्पूर्ण जिम्मेवारी वाल्ट्जले लिनुपर्ने बताउँदै आएका बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले दुई महिनामा आफ्नो प्रशासनको यो एक मात्र गल्ती भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।
यसैबीच, ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले गोप्य सूचना चुहावटको सन्दर्भमा पत्रकार गोल्डबर्गलाई ट्रम्प विरोधीको घोषणा गर्दै उनलाई कारबाही हुनुपर्ने बताएका छन् । तर गोल्डवर्गले पत्रिका र पत्रकारलाई दोष लगाउनुको सट्टा ह्वाइट हाउसकै लापर्बाहीले घटना भएको भन्दै सिग्नल सुरक्षाबारे सोच्नुपर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।
द एट्लान्टिकले ग्रुप च्याटका सन्देशहरूको आधारमा यस महिनाको सुरूमा रक्षा सचिव पिट हेगसेथले यमनमा अमेरिकी हवाई हमलाको बारेमा जानकारी साझा गरेको देखिन्छ ।
News Desk 0 response बिहिबार, चैत्र १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


