

-
चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको केही समयपछि चीन विकास मञ्चको बैठक भएको बीबीसीले जनाएको छ । अमेरिकी करवृद्धि र त्यसको बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेकोले विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको विज्ञहरुले बताएका छन् ।
चिनियाँ प्रधानमन्त्री ली कियाङले अहिले चीन इतिहासको कठिन घडीमा भए पनि सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिने बताएका छन् । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री लीले चीनले आर्थिक भूमण्डलीकरणको सही दिशाको पालना गर्ने, सही बहुपक्षीयताको अभ्यास गर्ने र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्ने बताएका हुन् ।
अमेरिकासँग व्यापार वार्ताका लागि संलग्न हुन चीनले खुला दृष्टिकोण व्यक्त गरेको छ । अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गरेका थिए। उनले प्रधानमन्त्री लीसँग पनि भेट गर्ने कार्यक्रम छ । चीनले यस वर्ष पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन गएको वर्षको जस्तै हो र धेरै अर्थशास्त्रीहरूले यसलाई महत्त्वाकाङ्क्षी मानेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १०, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१