

-
टर्किएमा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु औपचारिक रूपमा पक्राउ परेका छन् । विपक्षी नेता इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ परेका बीबीसीले जनाएको छ ।
उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिनअघि बुधवार पक्राउ गरिएको थियो ।
विपक्षी नेता इमामोग्लु पक्राउ परेपछि उनका समर्थकहरू सडकमा आएका छन् । विगत चार दिनदेखि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
यसैबीच राष्ट्रपति एर्दोगानले प्रदर्शनको आलोचना गर्दै इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजित गरेको आरोप लगाएका छन् । एर्दोगानको कार्यालयले जारी गरेको सन्देशमा टर्किएमा आतङ्कवादका लागि कुनै ठाउँ नभएको उल्लेख छ ।
News Desk 0 response आइतवार, चैत्र ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


