

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गरेका छन् ।
यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रहेको जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गरेका थिए ।
जेलेन्स्कीले पनि युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट फेरि सञ्चालनमा आउन दुई वर्ष भन्दा बढी समय लाग्न सक्ने र यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको स्वीकार गरेका छन् ।
यस्तै उनले रुससँगको आंशिक युद्धविराम सम्झौताका लागि प्रक्रिया अघि बढाउन सहमति गर्ने तर रुसले युद्धविरामका शर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने चेतावनी दिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१