

-
रुससँगको युद्धविरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी अधिकारीहरूसँग वार्ता गर्न भोलि साउदी अरेबिया पुग्ने खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्णरूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्धविरामको मागलाई स्वीकार गर्न निरन्तर दबाव दिइरहेका छन् । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको तत्काल कुनै वाचा भने गरेका छैनन् ।
१० दिनअघि ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको थियो । ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएका दाबी गरेका थिए ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो र युद्ध अझै चलिरहेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


