

-
क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बनेका छन् । यही पार्टीबाट नियुक्त भएका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिने बीबीसीले जनाएको छ ।
बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व प्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीहरूविरुद्ध नेतृत्वको दौड जितेका हुन् । उनले आउँदो अक्टोबरसम्म हुने अर्को आम चुनावमा पार्टीको नेतृत्व गर्ने खबरमा उल्लेख छ ।
नौ वर्षको कार्यकालपछि गएको जनवरीमा राजीनामाको घोषणा गरेका ट्रुडोलाई भने राजीनामा दिन आफ्नै पार्टी भित्रबाट दबाब बढेको थियो ।
यसैबीच कार्नीले अमेरिकाप्रति लक्षित गर्दै कहिले पनि विश्वास गर्न नसकिने देशबाट आफ्नो राष्ट्रले पछिल्लो समय खराब र अप्ठ्यारो परिस्थितिको सामना गर्न परेको बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकाले क्यानडालाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने बताएका छन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पको करहरू र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीहरूका कारण क्यानडाले छिमेकीबाट अस्तित्वको खतराको समस्या सामना गरिरहेको बताएका थिए ।
News Desk 0 response सोमवार, फाल्गुन २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


