

-
यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन् । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस ९एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश गर्दै जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने उल्लेख गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन विश्वमै स्थिर र गतिशील आर्थिक वृद्धिदर रहेको देश हो । यस्तै प्रतिवेदनमा सन् २०२५ मा शहरी बेरोजगारी दर झन्डै साढे ५ प्रतिशत रहने उल्लेख छ । प्रतिवेदनमा यस वर्षको बजेट खर्च २९७ ट्रिलियन युआन हुने र यो गएको वर्षको तुलनामा १२ ट्रिलियन युआनले बढी रहेको उल्लेख छ ।
चीनले मध्यम खुकुलो मौद्रिक नीति अपनाउनेछ । घरजग्गा र शेयर बजारको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवप्रवर्तन, हरित विकास, उपभोगलाई प्रोत्साहन र निजी, साना तथा लघु उद्यमहरूलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।
प्रधानमन्त्रीले १ करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने, उपभोक्ता मूल्यवृद्धि २ प्रतिशत, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलो अन्न उत्पादन लगायतका प्रतिबद्धता र लक्ष्यहरू प्रस्तुत गरेका छन्।
News Desk 0 response बुधबार, फाल्गुन २१, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



