

-
काठमाडौं : फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले यस्तो बताएका हुन् ।
अमेरिकी समकक्षी ट्रम्पसँगको भेटवार्तापछि उनले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताए । दुबै शीर्ष नेता रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो वर्षगाँठमा युक्रेन युद्धबारे छलफल गर्न बैठक गर्दै छन् ।
यस दौरान ट्रक्पले शान्ति स्थापनाका लागि अमेरिका एक्लैले भन्दा पनि युरोपेली देश समेतले यसको बोझ उठाउनु पर्ने र त्यसको जस अपजस झेल्नुपर्ने बताए । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको भनी जोडदार रुपमा आफ्नो तर्क राखे ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीवमा पश्चिमी नेताहरुको एक शिखर सम्मेलनमा ‘हामी यो युद्धलाई यसै वर्ष अन्त्य गर्न सक्छौं’ भनेका थिए । यस्तै, राष्ट्र संघको महासभाले समेत युक्रेनको सम्प्रभुता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिवद्धता जनाउँदै नयाँ प्रस्ताव ल्याएको छ । जुन प्रस्तावको अमेरिकाले विरोध गरेको भने आफ्नै प्रकारको प्रस्ताव गरेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


