

-
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा बाधा पुर्याउन जिम्मेवार देश र गतिविधिबारे दक्षिण एशियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।
देशको नाम नलिइकन भारतले पाकिस्तानलाई लक्षित गरी उसका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधाका रुपमा रहेको सङ्केत गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै भने ‘दक्षिण एशियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार रहेका छन् ।’
दक्षिण एशियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल सुरू गरेपछि भारतको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो ।
विदेशमन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच गएको हप्ता सार्कबारे ओमानको मस्कटमा छलफल भएको प्रवक्ता जैसवालले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गरे ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एशियाका देशहरुको सङ्गठन हो । यसका सदस्य देशहरु नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।
News Desk 0 response शनिबार, फाल्गुन १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


