

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएको बताएका बीबीसीले जनाएको छ । वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने बीबीसीको खबरमा उल्लेख छ ।
युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा अमेरिका, रुस र युक्रेन सहभागी हुने बताएका छन् । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि युक्रेनलाई निमन्त्रणा नगरिएको बताएका छन् ।
यसैबीच युरोपेली नेताहरूले युरोपसँग सल्लाह नगरी अमेरिका–रुसबीच शान्ति वार्ता अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका बीबीसीले जनाएको छ । यसबारेमा छलफल गर्न युरोपेली नेताहरू अर्को हप्ता फ्रान्सको पेरिसमा भेला हुँदैछन् ।
अमेरिकी विदेशमन्त्री रुबियोले हिजो रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गरेका थिए । त्यसपछि साउदी असरमा वार्ता गर्ने कार्यक्रम बनेको हो ।
News Desk 0 response आइतवार, फाल्गुन ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


