

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका संसारकै धनी व्यक्ति एलन मस्कले लागत कटौती विना अमेरिका टाट पल्टिने बताएका छन् ।
अर्बपति मस्कले नवनिर्मित सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका छन् । उनले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै बजेट कटौती विना अमेरिका टाट पल्टिने बताएका एएफपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले पछिल्ला हप्ताहरूमा सङ्घीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । मस्कले गएको आर्थिक वर्ष १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेका छन् ।
यसैबीच ट्रम्पको एक कार्यकारी आदेशमा सङ्घीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । योजनाले एजेन्सीहरूलाई प्रत्येक चारको सट्टा एक जना कर्मचारी नियुक्त गर्न निर्देशन दिएको छ । आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ ।
अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा मतदान गरेका र सरकारले यसैलाई पछ्याउने मस्कको भनाइ छ ।
स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताएका छन्। अमेरिकामा मस्कको कम्पनीहरूले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट आलोचना हुन थालेको छ ।
News Desk 0 response बुधबार, माघ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



