

-
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गर्दै विश्वभर न्याय र आशा प्रदान गरिरहने प्रतिबद्धता जनाएको एएफपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले विज्ञप्ति निकालेर अमेरिकाले आफ्ना अधिकारीहरूमाथि लगाएको प्रतिबन्ध तथा स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्याउने कार्यकारी आदेश जारी गरेको भन्दै भर्त्सना गरेको छ । आईसीसीले आफ्ना १ सय २५ राज्य पक्ष, नागरिक समाज र विश्व समुदायलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफू र आफ्नो सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यस आदेशअन्तर्गत आईसीसीका अधिकारी र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वाशिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।
गएको वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा भएको भनिएको ‘युद्ध अपराध’ का लागि इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले आईसीसीको आरोपलाई अस्वीकार गरेको थियो । आईसीसीले प्यालेस्टिनी विद्रोही समूह हमासका कमाण्डरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।
News Desk 0 response शुक्रबार, माघ २५, २०८१


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१