

-
अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटनाबारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि गर्न केही समय लाग्ने बताएका बीबीसीले जनाएको छ । प्रारम्भिक प्रतिवेदन ३० दिनमा जारी गरिने खबरमा उल्लेख छ ।
अहिलेसम्म कुनै उडान डाटा रेकर्डर अर्थात ब्ल्याक बक्स पनि फेला नपरेको अनुसन्धानकर्ताले बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसी हवाई दुर्घटनाको कारण अझै थाहा नभएको र जाँच चलिरहेको बताएका थिए ।
उनले पत्रकार सम्मेलनमार्फत अनुसन्धान अधिकारीहरुले हवाई दुर्घटनामा कोही पनि जीवित नरहेको हुनसक्ने अनुमान लगाएका जानकारी दिएका छन् ।
हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।
विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना रहेका थिए । अहिलेसम्म ३० जनाको शव फेला परेको आधिकारिक पुष्टि भएको छ ।
News Desk 0 response शुक्रबार, माघ १८, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१