

-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताएका छन् ।
जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताएका समाचार संस्था एएफपीले जनाएको छ । जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै सकिए पनि सैन्य कानून लगाएर अवैध रूपले सत्ता चलाइरहेकाले उनी अवैध नेता भएको पुटिनको तर्क छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई लडाइँ अन्त्य गर्न दबाब दिइरहनुभएको छ । ट्रम्पले यदि वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।
तर पुटिनले भने जेलेन्स्कीसँग वार्तामा नबस्ने बताएका हुन् । यदि साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने उनले उल्लेख गरे। यदि पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घट्यो भने लडाइँ दुई महिना वा त्योभन्दा कम समयमा समाप्त हुने पनि पुटिनको भनाइ छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनको यो भनाइबाट रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताएका छन् । लडाइँ रोक्ने प्रयासलाई पुटिनले पटक पटक निराश बनाइरहेको भन्दै जेलेन्स्कीले पुटिन वार्ताबाट डराएको र युद्ध लम्बाउन सबैखाले हर्कत गर्न तयार रहेको आरोप लगाएका छन् ।
News Desk 0 response बुधबार, माघ १६, २०८१


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१