

-
अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको छ ।
सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अग्नि नियन्त्रकहरूले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्, १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
लस एन्जलस वरपर अहिले चार वटा जङ्गलमा आगो लागिरहेको छ । अग्नि नियन्त्रकहरूले २३ हजार एकड क्षेत्रफलमा फैलिएको प्यालीसेड्को डढेलो ११ प्रतिशतमात्रै निभाउन सकेका छन् । यस्तै इटनको १४ हजार एकड क्षेत्रफलमा आगलागी भएकोमा १५ प्रतिशत निभेको छ । अग्नि नियन्त्रकहरूले केनेथ र हस्र्टको दुई साना डढेलो भने नियन्त्रणमा लिएका छन् ।
आपत्कालीन उद्धारकर्ताहरूले शक्तिशाली हुरीमाझ लस एन्जलसको डढेलो निभाउने प्रयास पाँचौं दिन पनि जारी राखेका छन् । अग्नि नियन्त्रहरूले डढेलोलाई रोक्न विमानबाट पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसालिरहेका छन् । राति हावाको वेग अझै बढ्ने र त्यसले डढेलो फैलिन अझ मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।
लस एन्जलसमा इतिहासकै खराब आगलागी भइरहेको छ । आगलागीमा हजारौं संरचना जलेर नष्ट भइसकेका छन् । लाखौं मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धूँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपत्काल घोषणा भएको छ ।
News Desk 0 response आइतवार, पुस २८, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१