

-
फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।
आन्तरिक मन्त्रालयले हिजो देशभर एक लाख १० हजार जनाले विरोध प्रदर्शन गरेको बताएको छ तर एकजना विरोधी नेताले भने कम्तिमा तीन लाख जनाले प्रदर्शनमा भाग लिएको दाबी गरेका छन् । आज पनि देशका एक सय वटा ठाउँमा प्रदर्शनको तयारी भएको खबरमा उल्लेख छ । प्रदर्शनको मुख्य आयोजक फ्रान्सेली ट्रेड युनियन र वामपन्थी दलहरू बनेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले वाम दलका उम्मेदवारलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि उनीविरुद्ध पनि प्रदर्शन भइरहेका छन् । प्रदर्शन चर्किएपछि प्रधानमन्त्री मिशेल बार्नियरले सरकार गठन गर्न आफू वामपन्थीसहित अन्य दलसँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्समा भएको चुनावमा बामपन्थी दलले सबैभन्दा धेरै सिट जितेको छ । तर दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेकोमा धेरैजना आक्रोसित देखिएका छन् ।
News Desk 0 response आइतवार, भदौ २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


