

-
काठमाडौं । एसीसी प्रिमियर कपमा आज साउदी अरबसँग खेल्दै छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसाथ खेल्दैछ ।
त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदानमा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ ।
नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ ।
नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटकमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।
त्यसयता दुवै टिममा धेरै परिवर्तन भएको छ । नेपाली टिममा त्यसबेला खेलेका ज्ञानेन्द्र मल्ल मात्र हालको टिममा छन् । यद्यपि उनले अघिल्ला दुई खेल बेन्चमै बिताएका थिए । आजको खेलमा ज्ञानेन्द्रले अवसर पाउने सम्भावना पनि छ ।
साउदी टिममा भने त्यसबेलाका कुनै पनि खेलाडी अहिले छैनन् ।
क्रिकेट विश्वकपको पछिल्ला तीन सिरिजदेखि लयमा रहेको नेपालले जारी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।
News Desk 0 response सोमवार, बैशाख ११, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


