

-
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हरायो ।
पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो । उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे । त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए । सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो । राजस्थानका जेसन होल्डरले २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक/एक विकेट लिए । पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
News Desk 0 response बिहिबार, चैत्र २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


