

-
काठमाडौं : आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो ।
पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३र३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।
नामिबियाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । साथै एसोसिएट टोलीका रुपमा नामिबिया एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले १ सय २५ रनको शतकीय पारी खेले । निकोलस डेविनले ९० तथा जान निकोलले ६१ रन बनाए ।
पीएनजीका सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए । नामिबिया २ खेलमा २ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लगातार दोस्रो हार ब्यहोरेको पीएनजी अङ्कविहिन रहँदै पुछारमा छ ।
प्लेअफमा आईसीसी विश्व कप लिग–२ का पुछारका चार टोली नामिबिया, अमेरिका, यूएई र पीएनजीसँगै आईसीसी विश्व कप च्यालेञ्ज लिग ‘ए’ र ‘बी’ का विजेता क्यानडा र जर्सी सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्व कप छनोट खेल्न पाउनेछन् ।
विश्व कप छनोट खेलका लागि नेपाल यसअघि नै छनोट भइसकेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


