

-
गुल्मी : जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् ।
गुल्मीको छत्रकोट गाउँपालिका ५ को मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमुनिको विश्व कप छनोट प्रतियोगितामा नेपाललाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख खत्रीले गुल्मीमा जन्मेर क्रिकेट खेलको माध्यमबाट अर्जुन कुमालसँगै सोमपाल र सागरजस्ता खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रिकेट क्षेत्रमा अलग्गै पहिचान स्थापित गरेको बताए। उनले खेलाडीहरू राष्ट्रका महत्त्वपूर्ण गहना भएको भन्दै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताए ।
क्रिकेटर कुमाललाई यसअघि छत्रकोट गाउँपालिका र गुल्मी उद्योग वाणिज्य सङ्घले पनि सम्मान गरेको थियो ।
News Desk 0 response आइतवार, चैत्र १२, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


