

-
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पगेका छन् । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पगेका हुन् । उनले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिएका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’
नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।
यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र २, २०७९

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


