

-
चितवन : मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होर्मिएका थिए ।
भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।
उनले भने, “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उनले जानकारी दिए ।
गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा अधिकारीको छ । उनले भने, “विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए ।
उनले भने, “क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।” पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए । अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उनको भनाइ छ ।
News Desk 0 response मङ्लबार, मंसिर १३, २०७९


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१