

आर्थिक चलखेलमा जुनियरलाई कार्यालय प्रमुख
मन्त्रालयले कार्यालय प्रमुखको रूपमा उपसचिव रहनुपर्ने विभिन्न महत्वपूर्ण पाँच निकायमा अधिकृतलाई निमित्तको जिम्मेवारी दिएको हो । निमित्त कार्यालय प्रमुखलाई कार्यालयले गर्नुपर्ने महत्वपूर्ण नीतिगत सुधारका कार्य गर्न कठिन हुन्छ ।
-
वन तथा वातावरण मन्त्रालयले मातहतका विभिन्न कार्यालयको प्रमुखमा उपसचिव पठाउनुपर्ने प्रावधान छ । तर, कानुनी प्रावधानविपरीत एकपछि अर्को गर्दै उपसचिव दरबन्दी रहेको निकायमा अधिकृत पठाउन थालेपछि सरुवामा आर्थिक चलखेल भएको देखिन्छ ।
मन्त्रालयले कार्यालय प्रमुखको रूपमा उपसचिव रहनुपर्ने विभिन्न महत्वपूर्ण पाँच निकायमा अधिकृतलाई निमित्तको जिम्मेवारी दिएको हो । निमित्त कार्यालय प्रमुखलाई कार्यालयले गर्नुपर्ने महत्वपूर्ण नीतिगत सुधारका कार्य गर्न कठिन हुन्छ ।
वन तथा वातावरण मन्त्रालयले जनकपुरस्थित राष्ट्रपति चुरे कार्यक्रम संरक्षण इकाई, कर्णाली बेसिन (जलाधार) कार्यालय जाजरकोट, महाकाली बेसिन जलाधार कार्यालय, कोसी टप्पु वन्यजन्तु आरक्ष तथा बिउबिजन केन्द्र हात्तीसारलगायतका कार्यालयमा प्रमुखका रूपमा उपसचिवलाई नपठाई ती सबै निकायमा निमित्त प्रमुखका रूपमा अधिकृतलाई पठाइएको छ ।
मन्त्रालय र मातहतका निकायमा ठूलो संख्यामा उपसचिव रहँदारहँदै उपसचिवकै दरबन्दी रहेको स्थानमा धमाधम अधिकृतलाई निमित्तको जिम्मेवारी दिँदा मन्त्रालयको प्रशासनिक नेतृत्वमाथि गम्भीर प्रश्न उब्जिएको छ ।
उपसचिव हुँदाहुँदै उपसचिव दरबन्दी रहेको स्थानमा अधिकृतलाई निमित्तको जिम्मेवारी दिनु कानुन र अख्तियारको वर्खिलाप भएको मन्त्रालयकै कर्मचारीको गुनासो छ ।
उपसचिव रहनुपर्ने यी पाँच ठाउँ, जहाँ अधिकृत छन्
१, राष्ट्रपति चुरे कार्यक्रम संरक्षण इकाई – निमित्त प्रमुख महेश ढुंगाना
२,कर्णाली बेसिन कार्यालय जाजरकोट –निमित्त प्रमखु सुनील कुमार गुप्ता
३,महाकाली बेसिन कार्यालय , महाकाली –निमित्त प्रमुख दामोदर ऐर
४,बिउ केन्द्र हात्तीसार– निमित्त प्रमुख भुवनेश्वर चौधरी
५,कोशी टप्पु वन्यजन्तु आरक्ष– निमित्त प्रमुख रमेश यादववन तथा वातावरण मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले राष्ट्रपति चुरे कार्यक्रम संरक्षण इकाई जनकपुरमा कार्यालय प्रमुखका रूपमा रहेका उपसचिव रामबालक यादवलाई हटाएर उनको ठाउँमा अधिकृतलाई पठाएको छ ।
यादवलाई हटाइए पनि मन्त्रालय र मातहतका निकायमा प्रशस्त उपसचिव हुँदाहँुदै अरू उपसचिवलाई नपठाएर मन्त्रालयकै अधिकृत महेश ढुंगानालाई निमित्त प्रमुख बनाएर पठाइएको छ । जबकि, सो कार्यालयमा अर्का अधिकृत पनि उनै रहेका थिए ।
निमित्त दिनैपर्ने अवस्थामा त्यही रहेका अर्का अधिकृतलाई निमित्त नदिएर केन्द्रबाटै अर्का अधिकृत ढुंगाना पठाइनुलाई झनै शंकाका रूपमा हेरिएको छ । सो कार्यालयमा आकर्षक बजेट रहेको बताइन्छ ।
चुरे संरक्षण इकाई जनकपुरको कार्यालय प्रमुखबाट हटाइएका यादव ६ महिनाअघि मात्रै त्यहाँ गएका थिए तर उनलाई ६ महिनाभित्रै हटाइएको हो । यसैगरी, वन तथा वातावरण मन्त्रलायले मातहतको अर्को आकर्षक निकायका रूपमा रहेको कर्णाली वेसिन कार्यालय जाजरकोटमा पनि उपसचिव नपठाएर अधिकृत सुनील गुप्तालाई निमित्तका रूपमा राखिँदै आइएको छ ।
त्यस्तै, महाकाली वेसिन कार्यालयमा पनि उपसचिव नपठाएर अधिकृत दामोदर ऐरलाई निमित्त प्रमुख बनाएर राखिँदै आइएको छ । यी कार्यालय आकर्षक कार्यालयका रूपमा रहेका छन् ।
त्यस्तै, कोसी टप्पु वन्यजन्तु आरक्षमा पनि उपसचिवको दरबन्दी रहेकामा लामो समयदेखि उपसचिव नपठाएर अधिकृत रमेश यादवलाई निमित्तको जिम्मेवारी दिँदै आइएको छ ।
अर्को आकर्षक निकायका रूपमा रहेको बिउ केन्द्र हात्तीसारका प्रमुखमा पनि उपसचिव नपठाएर अधिकृत भुवनेश्वर चौधरीलाई निमित्त कार्यालय प्रमुखका रूपमा पठाइएको छ । चौधरी निजामती कर्मचारी संवद्ध मधेशी निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हुन् ।
निजामती संगठनका अध्यक्ष लगायतका पदाधिकारीहरूलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन नहुने कानुनी प्रावधान रहे पनि वन मन्त्रालयले सो प्रावधानको समेत बेवास्ता गर्दै अध्यक्ष चौधरीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो ।वन तथा वातावरण मन्त्रालयले कर्मचारी सरुवा तथा व्यवस्थापनमा वैज्ञानिक मापदण्ड बनाउन नसक्दा सरुवामा मनपरि हुँदै आएको बताइन्छ । उपसचिवका ठाउँमा मनलाग्दी रूपमा सोर्सफोर्सको आधार तथा आपूm निकटका अधिकृतलाई पठाउनु यसैको उदाहरण रहेको मन्त्रालयकै कर्मचारीको भनाइ छ ।
मन्त्रालयका सूचना अधिकारी प्रकाश थापाले सामान्यतय उपसचिव दरबन्दी रहेको निकायमा कार्यालय प्रमुखका रूपमा उपसचविलाई नै पठाउनुपर्ने बताए । ‘के रहेछ मैले पनि बुझ्नुपर्छ, तर दरबन्दीअनुसार नै कर्मचारी व्यवस्थापन गरिनुपर्छ ।’ सूचना अधिकारी थापाले राजधानीसँग भने ।
सूचना अधिकारी थापाले मन्त्रालय मातहतका ती निकायमा प्रमुखको रूपमा उपसचिव पठाउनुपर्नेमा कर्मचारी अभावका कारण निमित्तका रूपमा अधिकृत पठाइएको हुन सक्ने बताएको राजधानीले लेखेको छ ।
News Desk 0 response आइतवार, साउन ८, २०७९

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३


