

-
काठमाडौँ। ज्वानोको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर खाने वा खानामा मसला बनाएर प्रयोग गर्न सकिन्छ।
ज्वानोको १२ फाइदा१, अनावश्यक तौलको नियन्त्रण
१ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै घट्ने गर्छ।२, पाचन प्रणालीको सुधार
यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।३, महिनावारीको अनियमिततामा सुधार
प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।४, हड्डी तथा जोर्नी दुख्ने समस्या
दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।५, पिसाबको संक्रमण
दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।
६, स्तनपानको लागि फाइदाजनक
महिलाहरु गर्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले गर्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।७, कोलेस्ट्रोलको नियन्त्रण
गर्भवती भएका महिलाहरुमा धेरै समस्याहरु देखिन्छन्, जस्तै सुगरको समस्या, उच्च रक्तचाप र अनियन्त्रित कोलेस्ट्रोल। त्यसैगरी, यस्तो अवस्थामा दैनिक रुपमा भिजाएर राखेको ज्वानोपानीले यस्ता सबै समस्या निर्मुल हुनुका साथै यसले डेलीभरीमा हुने दुखाइलाई समेत कम गर्दछ।
८, शरीरमा सुगर लेबलको नियन्त्रण
नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले शरीरको सुगर लेबललाई नियन्त्रणमा राखी सुगर रोग हुने खतराबाट बचाउँदछ।९, कलेजोलाई फाइदाजनक
नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले कलेजो वा लिभरको समस्यालाई पनि निर्मुल गर्दछ। त्यसैगरी, ३ ग्राम ज्वानोलाई आधा ग्राम नुनको साथ खानासँग खाँदासमेत कलेजोलाई फाइदाजनक हुने गर्दछ।१०, रुघा खोकी
ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ।११, सामान्य ज्वोरो
दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।१२, टाउको दुख्ने समस्या
News Desk 0 response सोमवार, अशोज १९, २०७७
यदि कसैलाई टाउको दुख्ने समस्या छ भने ज्वानोलाई पानीमा उमालेर मनतातो बनाएर पिउँदा यस्ता समस्या विस्तारै हराएर जान्छन्।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३
-
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


