

-
वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।
उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाई छ । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहेपनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेबारी दिएका छैनन् ।
विश्वमै सवैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । एपी
News Desk 0 response शनिबार, अशोज १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



