

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको बिहीबारको कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट ११ हजार ४ सय ४९ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । उनका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
२४ घण्टाको अवधिमा ४ सय ५७ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कुल संक्रमितमध्ये ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएको सो अवसरमा प्रवक्ता गौतमले जनाए । यो हालसम्म निको हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो । उनका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ६१४ र होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । हाल २२३ जनाको आईसीयूमा र २८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि प्रवक्ता गौतमले बताए ।
त्यसैगरी थप १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो । यसरी नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४५३ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा अहिले ६ हजार ५६५ जना रहेका छन् । अहिलेसम्म नेपालमा ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
News Desk 0 response बिहिबार, अशोज ८, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


