

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् ।
स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन् । उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए ।
कोरोनाभाइरस विरुद्धको खोप तयार हुँदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उनले भने, “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।”
उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए ।
आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाएका थिए ।
कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ । एएनआई
News Desk 0 response बिहिबार, अशोज १, २०७७

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



