• काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमा ४ महिला र ४ जना पुरुष रहेका छन् ।

    मृतक महिलामा काठमाडौंका ७१ र ७४ वर्षीया, बाराकी ४६ वर्षीया र काभ्रेपलान्चोककी ५५ वर्षीया रहेका छन् । त्यस्तै मृतक पुरुषमा सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका हुन् । यसरी नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।