

-
काठमाडौं । शुक्रबार नेपालमा अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । उनका अनुसार यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टाको ११ हजार १ सय ६७ वटा नामूनाको पीसीआर परीक्षण भएको थियो ।
त्यसैगरी यसै अवधिमा थप ९ सय ७२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै अहिलेसम्म यसरी निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको प्रवक्ता डा. गौतमले सो अवसरमा जानकारी दिएका छन् । यो निको हुने ७१ प्रतिशत हो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २१ जना पुगेको छ । तीमध्ये ६ हजार ६ सय ३४ होम आइसोलेसनमा र बाँकी ८ हजार २ सय ९१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमितहरुमध्ये १ सय ७० जना सघन उपचार कक्षमा र २४ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । त्यस्तै क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकमा १ महिलासहित ५ जना छन् । मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला साथै काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।
News Desk 0 response शुक्रबार, भदौ २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



